पैसा बाँड्दा बाँड्दै मन्त्री गौचन रंगेहात समातिएपछि जोमसोममा तनाव

पैसा बाँड्दा बाँड्दै मन्त्री गौचन रंगेहात समातिएपछि जोमसोममा तनाव

  • शनिबार, बैशाख ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

३० बैशाख,पोखरा । चुनावको मौन अवधिमा भोट किनेबेच चलिरहेको छ । कमवानपुरमा काँग्रेस नेता समातिएको घटना सेलाउन नपाउँदै मतदातालाई पैसा बाँडिरहेको अवस्थामा एक जना मन्त्रीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।

वाणिज्य मन्त्री रोमी गौचन थकालीले निर्वाचन आचारसंहिताविपरीत मतदातालाई पैसा बाँडेको भन्दै शनिबार बिहानैदेखि जोमसोम बजार तनावग्रस्त भएको छ ।

मन्त्री गौचनलाई प्रहरीले सुरक्षा दिएर स्थानीय यामप्रसाद थकालीको घरमा राखेको छ । प्रदर्शनकारीले कालीगण्डकी करिडोरको कोरला सडकको ठाउँ ठाउँमा चक्काजाम गरेका छन् ।

बिहानैदेखि जोमसोम बजारमा कांग्रेसबाहेकका दलहरु र स्वतन्त्रका उम्मेदवार समर्थित कार्यकर्ताहरुको प्रदर्शन चर्किएको छ । प्रर्दशनका कारण मुक्तिनाथ जान लागेका दर्शनार्थीहरु बाटोमै रोकिएका छन् ।

प्रदर्शनकारीले जोमसोम मुक्तिनाथ सडकमा सवारी चल्न दिएका छैनन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ