काठमाडौं, बैशाख ३० ।
निर्वाचन आयोगले भोलि हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएकोे जनाएको छ ।
भोलि विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको आयोगले जनाएको छ ।
पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ को ३४ जिल्लामा स्थानीय तहको निर्वाचन हुन लागेको हो । निर्वा्चित हुने तीन वटा प्रदेशका १३ हजार ५ सय ५६ पदका लागि आवश्यक सबै तयारी पूरा भएको आयोगले जनाएको छ ।
यस पटक चार महानगर, एक उपमहानगर, ९२ नगरपालिका र १ सय ८६ गाउँपालिकामा नयाँ नेतृत्व चुनिने छन् । यसैगरी २ हजार ५ सय ९८ वडामा पनि नयाँ प्रतिनिधि चुनिने छन् । नगर प्रमुख र उपप्रमुखमा ९७, गाउँपालिका प्रमुख÷उपप्रमुख १ सय ८६ जना निर्वाचित हुने छन् ।
१३ हजार ५ सय ५६ जना जनप्रतिनिधि चुन्न पहिलो चरणमा तीन वटा प्रदेशका ४९ लाख ५६ हजार ९२५ मतदाताले भोली मतदान गर्दै छन् । यसका लागि ६ हजार ६ ससय ४२ मतदान केन्द्र तोकिएको छ । ३२९ जना भने निर्विरोध चुनिसकेका छन् ।
यस्तै निर्वाचन आयोगले विहीवार रातिदेखि मौन अवधि लागू गरेको छ । मौन अवधिभर उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न÷गराउन निर्वाचन आयोगले निषेध गरेको छ ।
मौन अवधिको राजनीतिक दल तथा उम्मेदवारले सहि रुपमा पालन नगरेको भन्दै निर्वाचन आयोगले यसको सहि रुपमा पालना गर्न आग्रह समेत गरेको छ ।