विप्लव नेतृत्वको माओवादीद्वारा आज नेपाल बन्द आव्हान, देशभर यातायात ठप्प

विप्लव नेतृत्वको माओवादीद्वारा आज नेपाल बन्द आव्हान, देशभर यातायात ठप्प

  • शनिबार, बैशाख ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 21.3K
    SHARES

काठमाडौं, बैशाख ३० ।
नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्दको आव्हान गरेको छ ।

आजको बन्द सफल पार्न हिजो राजधानीलगायत देशका विभिन्न स्थानबाट एकसाथ मशाल जुलुससमेत निकालेको पार्टीले जनाएको छ ।

मशाल जुलुस पूर्वको मेची, कोशी, पूर्व ताम्सालिङ, पश्चिम ताम्सालिङ, गण्डक, भेरी, कर्णाली, सेती, महाकाली ब्यूरोले शहर र सदरमुकाममा एकै समय पारेर मशाल जुलुस निकालिएको हो ।

आज आव्हान गरिएको नेपाल बन्दको प्रभाव राजधानीलगायत देशभर परेको माओवादी पार्टीले जनाएको छ । आजको बन्दको क्रममा अहिले कुनै पनि अप्रिय घटना नघटेको पनि पार्टीले जनाएको छ ।

साथै आजको नेपाल बन्द पूर्ण रूपमा सफल पार्न उद्योग, शिक्षण संस्था, बजार, कलकारखाना संचालकहरूसँग नेकपाले आग्रह गरेको छ ।

बन्द सफल पार्न जनसमुदायको साथमा प्रभावकारी भूमिका निभाउन पनि नेता तथा कार्यकर्तालाई अपिल गरेको छ ।

आफ्नो पूर्वघोषित शान्तिपूर्ण राजनीतिक अभियान सरकारले गैरकानूनी रूपमा पार्टीका नेता तथा कार्यकर्ता र समर्थकहरूलाई धरपकड र झूठा मुद्दा लगाएर पक्राउ गरेको विरोधमा नेकपाले आज नेपाल बन्द घोषणा गरेको हो ।

यसैबीच, प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका सुनसरी जिल्ला सेक्रेटरी उदय राईसहित दर्जनभन्दा बढी नेता तथा कार्यकर्तालाई प्रहरीले हिजो साँझ पक्राउ गरेको छ । पक्राउ परेका राईलाई बिना शर्त अबिलम्ब रिहा गर्न पार्टीले मागसमेत गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ