निर्वाचनले राजनीतिक स्थायित्व र समृद्धिमा सहयोग गर्छ : राष्ट्रपति भण्डारी

निर्वाचनले राजनीतिक स्थायित्व र समृद्धिमा सहयोग गर्छ : राष्ट्रपति भण्डारी

  • शनिबार, बैशाख ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

बैंकक, बैशाख ३० ।
राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचनले नेपालको राजनीतिक स्थायित्व, विकास र समृद्धिमा सहयोग गर्ने बताएकी छन् ।

आफ्नो सम्मानमा शुक्रबार थाइल्याण्डस्थित नेपाली राजदूताबासले आयोजना गरेको समारोहमा उनले भनिन्, “लामो समयसम्म स्थानीय तह जननिर्वाचित प्रतिनिधिविहीन हुँदा विकास निर्माण प्रभावित भइरहेका अवस्थामा हुन लागेको स्थानीय तहको चुनावमा जनताको व्यापक आकर्षण छ ।”

राष्ट्रपति भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गरेर देशको उन्नतिका लागि अगाडि बढ्नु आजको पहिलो आवश्यकता हो भन्दै स्थानीय तहको निर्वाचनपछि संविधानले तोकिएको समयसीमाभित्र प्रदेश र सङ्घको निर्वाचन पनि गराउनुपर्नेमा जोड दिइन् ।

नेपालको शान्ति, स्थिरता र विकासलाई अगाडि बढाउन विदेशमा रहेका प्रवासी नेपालीको योगदान आवश्यक रहेको बताउँदै उनले भनिन्, “संसारभरिका गैरआवासीय नेपालीलाई एकताको सूत्रमा बाँध्ने चाहना नेपाल सरकार र राजनीतिक दलहरूको छ ।”

राष्ट्रपति भण्डारीले शान्ति, स्थिरता र विकासका लागि संविधान कार्यान्वयन आवश्यक भएकाले नेपाल सरकार यस कार्यमा लागिपरेको बताउँदै शान्ति र स्थायित्वबिना मुलुकको आर्थिक विकास हुन नसक्ने भएकाले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीले यसतर्फ सोच्नुपर्ने बताइन् ।

सोही अवसरमा गैरआवासीय नेपाली सङ्घ थाइल्याण्डका अध्यक्ष खगेन्द्रराज दाहालले नेपालका भूकम्पपीडितलाई राहत र भूकम्पपछिको पुनःनिर्माणमा सङ्घले महत्वपूर्ण सहयोग गरेको जानकारी दिए ।

कार्यक्रममा सवारी मन्त्री केशवकुमार बुढाथोकी, थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारी, परराष्ट्र सचिव शङ्करदास बैरागी, राष्ट्रपति कार्यालयका वैदेशिक मामिलाविज्ञ डा. मदनकुमार भट्टराई र सचिव भुपेन्द्रप्रसाद पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, शिष्टाचार महापाल दीपक अधिकारी, उच्चपदस्थ नेपाली अधिकारी, सञ्चारकर्मी, नेपाली समुदायका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ