नेकपाको सुनसरी सेक्रेटेरी राईसहित आठजना पक्राउ

नेकपाको सुनसरी सेक्रेटेरी राईसहित आठजना पक्राउ

  • शुक्रबार, बैशाख २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

२९ बैशाख, सुनसरी ।

नेपाल कम्युनिस्ट पार्टी (नकेपा)का सुनसरी जिल्ला सेक्रेटरी उदय राई ‘युगेन’सहित दर्जन जिल्ला तहका नेता तथा कार्यकर्तालाई प्रहरीले शुक्रबार साँझ गिरफ्तार गरेको छ ।

शान्तिपूर्ण रुपमा चुनाव खारेजी अभियानमा रहेका अवस्थामा उनीहरुलाई गिरफ्तार गरिएको सुनसरी संवाददाताले जानकारी दिएका छन् । सेक्रेटरी राईसहित पक्राउ पर्नेहरुमध्ये जिल्ला नेता सुरज राई, सुरेश राईको मात्र नाम थाहा हुन आएको छ ।

उनीहरुलाई बरह नगरपालिकाको भरौलबाट गिरफ्तार गरिएको नेकपा सुनसरीले जनाएको छ । अहिले उनीहरुलाई अहिले महेन्द्रनगर प्रहरी कार्यालयमा राखिएको छ ।

गिरफ्तार भएका अन्यको नाम खुल्न सकेको छैन । शान्तिपूर्ण रुपमा राजनीतिक कार्यक्रम संचालन गरिरहेका बेला राज्यले गैरकानुनी रुपमा गिरफ्तार गरेको भन्दै आपत्ति जनाएको छ । साथै गिरफ्तार सबै नेता कार्यकर्तालाई बिनासर्त अविलम्ब रिहा गर्न नेकपा सुनसरीले माग गरेको छ ।

रिहा नगरे कडा संघर्ष घोषणा गर्ने पनि उसले जनाएको छ । साथै गिरफ्तार नेता कार्यकर्ताको अवस्था बुझेर वास्तविकता सार्वजनिक गर्न पनि जोडदार माग गरेको छ । र, चुनाव खारेजी अभियानलाई सहयोग गर्न जनसमुदासँग अपिल गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ