नेपाल कम्युनिस्ट पार्टीद्वारा अाज साँझ देशभर मशाल जुलुस

नेपाल कम्युनिस्ट पार्टीद्वारा अाज साँझ देशभर मशाल जुलुस

  • शुक्रबार, बैशाख २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेपाल बन्दको पूर्वसन्ध्यामा अा साँझ देशभर मशाल जुलुस निकालेको छ । शुक्रबार साँझ ७ बजे काठमाडौं उपत्यका लगायत देशभर मशाल जुलुस निकालेको नेकपाले जनाएको छ ।

एकै समय पारेर पूर्वको मेची, कोशी, पूर्व ताम्सालिङ, पश्चिम ताम्सालिङ, गण्डक, भेरी, कर्णाली, सेती, महाकाली ब्यूरोले शहर र सदरमुकाममा मशाल जुलुस निकालेका छन् ।
भोलि (बैशाख ३० गते)को लागि आयोजना नेपाल बन्दको प्रचारको लागि मशाल जुलुस निकालेको नेकपाले जनाएको छ ।

साथै नेपाल बन्द गरेर सहयोग गर्न उद्योग, शिक्षण संस्था, बजार, कलकारखाना संचालकसँग नेकपाले आग्रह गरेको छ । बन्द सफल पार्न जनसमुदायको साथमा प्रभावकारी भूमिका निभाउन पनि नेता तथा कार्यकर्तालाई अपिल गरेको छ ।

आफ्नो पूर्वघोषित शान्तिपूर्ण राजनीतिक अभियान सरकारले गैरकानूनी रुपमा पार्टीका नेता तथा कार्यकर्ता र समर्थकलाई दमन, धरपकड, गिरफ्तार र झुठा लगाएको विरोधमा नेकपाले भोलि शनिबार नेपाल बन्द घोषणा गरेको थियो ।

  • फाइल फोटो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ