तडकभडक देखाएर चुनाव जित्छु भन्नु गलत : आयुक्त पौडेल

तडकभडक देखाएर चुनाव जित्छु भन्नु गलत : आयुक्त पौडेल

  • शुक्रबार, बैशाख २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

पोखरा, बैैशाख २९ ।
निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले तडकभडक देखाएर चुनाव जित्छु भन्नु गलत भएको बताएका छन् ।

पोखरास्थित क्षेत्रीय निर्वाचन कार्यालयले आज आयोजना गरेको पत्रकार भेटघाटमा उनले उमेद्वारले ठूलो मोटरसाइकल ¥याली र भोज भतेर गर्नु व्यर्थकै खर्च गर्दै भएको टिप्पणी गरेका छन् ।

स्वच्छ छवि, विकासप्रेमी र जनताको सुख-दुःखमा सधैँ रहेर काम गर्नेले नै जनताको मत जित्न सक्ने विचार व्यक्त गर्दै उनले निर्वाचन आयोगको आचारसंहिता पालना गर्ने हो भने दल तथा स्वतन्त्र उम्मेदवारले प्रचारप्रसारलाई कम खर्चिलो र कम भडकिलो बनाई वातावरणलाई शान्त बनाउनुपर्ने धारणा राखेका छन् ।

आयुक्त पौडेलले प्रदेश नं ४ का सबै जिल्लाको निर्वाचन तयारी शान्तपूर्ण वातावरणमा रहेकाले निर्धक्क भएर मताधिकारको प्रयोग गर्न सबै मतदातासँग आग्रहसमेत गरे ।

उनले दुवै चरणको स्थानीय तहको निर्वाचन गर्न नसकिएमा आगामी माघ ७ गतेभित्र गर्नुपर्ने प्रादेशिक र संसदीय निर्वाचन अन्यौलमा पर्ने विचार व्यक्त गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ