एउटै खेलमा ४१३ रन खेल्दै आईपीएल खेलमा नयाँ इतिहास

एउटै खेलमा ४१३ रन खेल्दै आईपीएल खेलमा नयाँ इतिहास

  • शुक्रबार, बैशाख २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, बैशाख २९ ।
जारी रहेको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा मुम्बई इण्डियन्सलाई हराउँदै किंग्स इलेभेन पञ्जाबले प्लेअफमा पुग्ने सम्भावनालाई जीवित राख्न सफल भएको छ ।

गएराति मुम्बईको वाङ्खडे रंगशालामा भएको सो खेलमा पाहुना टोली पञ्जाब ७ रनले विजयी भएको छ । पञ्जाबले दिएको २ सय ३१ रनको विशाल लक्ष्य पछ्याएको मुम्बई निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २३ रनमै समेटियो । मुम्बईका लेण्डल सिमोन्सले ३२ बलमा ५९ रन तथा काईरन पोलार्डले २४ बलमा अविजित ५० रन बनाए ।

खेलको अन्तिम ३ बलमा जितका लागि ९ रन चाहिएको अवस्थामा पञ्जाबका मोहित शर्माले मुम्बईका पोलार्डलाई लगातार दुई डट बल फालेपछि पञ्जाब विजयी भएको हो ।

यसअघि खेलमा पहिले व्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३० रन बनाएको थियो । पञ्जाबका लागि ऋद्धिमन शाहले ५५ बलमा अविजित ९३ रन बनाए । ग्लेन म्याक्सवेलले २१ बलमा ४७ रन जोड्दा मार्टिन गुप्टिलले १८ बलमा ३६ रनको योगदान दिए ।

म्याचमा कूल ४ सय ५३ रन बन्यो । एउटै म्याचमा यति धेरै रन बनाएको आईपीएलको इतिहासमै यो पहिलो पटक हो ।
गएरातिको जितपछि पञ्जाबले जारी आईपीएलको प्ले अफमा पुग्ने सम्भावना बलियो पारेको छ । मुम्बई भने यसअघि नै प्लेअफमा पुगिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी