एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट हुने

एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट हुने

  • बिहिबार, बैशाख २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

काठमाडौं, बैशाख २८ ।
सर्वाधिक पुरस्कार राशि भएको एकदिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आगामी जेठ ९ गतेबाट सञ्चालन हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरको व्यवस्थापनमा उक्त प्रतियोगिता हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

उक्त प्रतियोगितामा पाँच विकास क्षेत्रसहित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल (एपिएफ)ले प्रतिस्पर्धा गर्ने राखेपका सदस्य सचिव केशव कुमार विष्टले जानकारी दिए ।

प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित रु. २० लाख तथा उपविजेताले रु. १० लाख प्राप्त गर्ने छन् । सेमिफाइनल पुग्ने टोलीले रु. ५० हजार, म्यान अफ दी सिरिजले रु. एक लाख तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले रु ५० हजार पुरस्कार पाउने जनाएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमाटाले सम्भावना बोकेका खेलाडीका लागि उक्त प्रतियोगिता महत्वपूर्ण हुने बताए ।

लिगकम नकआउटको आधारमा खेलाइने उक्त प्रतियोगिताका सहभागी टोलीलाई तयारी खर्च स्वरूप रु ५० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

उक्त प्रतियोगिताको सम्पूर्ण खेल जेठ २४ गतेसम्म सञ्चालन कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी