हतियारधारी समूहको चेक नगर्दा डिएसपी सरुवा गरिएको प्रधानमन्त्रीको स्पष्टोक्ति

हतियारधारी समूहको चेक नगर्दा डिएसपी सरुवा गरिएको प्रधानमन्त्रीको स्पष्टोक्ति

  • बुधबार, बैशाख २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

सशस्त्र प्रहरीका डिसपी राजेन्द्र श्रेष्ठले हतियारसहितको समूह खैरेनीबाट प्रवेश गरेको सूचना पाउँदा पनि चेकजाँच नगर्न निर्देशन दिएका कारण गोरखाबाट सरुवा गर्नु परेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएकाे छ ।

निर्वाचन आयोगले बुधबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले त्यस्तो स्पष्टीकरण दिनु भएको हो ।डिएसपी श्रेष्ठकी श्रीमती चेतकुमारी श्रेष्ठ उम्मेदवार रहेको र हातहतियारसहित आएको समूहको चेकजाँच नगरेका कारण डिएसपी श्रेष्ठलाई सरुवा गरिएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

नयाँ शक्ति नेपालका संयोजक समेत रहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गोरखामा इमान्दारीपूर्वक सुरक्षा सेवामा काम गरिरहनु भएका श्रेष्ठलाई प्रधानमन्त्री प्रचण्डले सरुवा गरेकोमा आपत्ति जनाउनु भएको थियो । प्रधानमन्त्री प्रचण्डले डिएसपी श्रेष्ठकी श्रीमती चेतकुमारी श्रेष्ठ गोरखाको पालुङटार नगरपालिकामा काँग्रेसका तर्फबाट उपमेयर पदमा उम्मेदवार रहनु भएको पनि जानकारी गराउनुभएको छ ।
डिएसपी श्रेष्ठलाई सोमबार पोखरा सरुवा गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डले दोलखामा एमालेका कार्यकर्ताको हत्या हुने गरी एमाले र माओवादी केन्द्रका कार्यकर्ता वीच भएको झडपलाई दुखदायी घटनाको संज्ञा दिनुभयो । सो घटनाको सत्यतथ्य छानवीन गर्ने आश्वसन पनि प्रधानमन्त्री प्रचण्डले दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सुरक्षा सक्रियताका कारण निर्वाचनका क्रममा घटना कम भएको बताउनुभयो । कतिपय राजनीतिक दलले तोडफोड गर्ने घोषणा गरेको अवस्थामा पनि सुरक्षा निकायले सक्रियता देखाएको कारण त्यस्ता घटना कम भएको उहाँले बताउनुभयो । ‘निर्वाचनको प्रतिरोध गर्ने भन्ने दलबाट नै धेरै तोडफोड र आगजनी भएको छ’नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्रति लक्षितगर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ‘घटना घट्नु अगाडी नै सुरक्षानिकायले नियन्त्रणमा लिएर तदारुकता देखाएकोले घटना कम भएका छन् ।’

प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगको सक्रियताका कारणले चुनावको उत्साहपूर्ण वातावरण बनेको भन्दै आयोगको प्रशंसा गर्नुभयो । ‘निर्वाचन आयोगले निरन्तर मेहनत नगरेको भए वातावरण अहिले जसरी उत्साहपूर्ण हुने थिएन, आमजनतामा जसरी विश्वास पैदा भएको छ त्यो संभव थिएन’उहाँले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले निर्वाचनको क्रममा घटेका घटना गम्भिर रुपमा हेर्ने विश्वास पनि दिलाउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ