ठुलो भुगोलका कारण मत माग्नै समस्या भयो : यादव

ठुलो भुगोलका कारण मत माग्नै समस्या भयो : यादव

  • बुधबार, बैशाख २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौँ, २७ वैशाख ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तहको ठूलो भूगोल भएकाले उम्मेदवारलाई जनताको घरमा पुगेर मत माग्न कठिन भएको बताउनु भएके छ ।

रिपोटर्स क्लब नेपालको साक्षात्कारमा उहाँले मत माग्न र मतशिक्षा दिने कार्यमा समयको तालमेल मिलाउन समस्या परेको बताउनु भयो ।

पटक पटक भईरहेको सरकार बिस्तारले मुलुक सङ्क्रमणकाल मै रहेको पुष्टी गरेको भन्दै उहाँले आयोग निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन दृढ रहेको बताउनु भयो ।

विभिन्न शङ्का आशङ्काबीच पनि निर्वाचनप्रतिको सबैको सकारात्मक सोचबाट अहिलेको अवस्थामा आएको भन्दै उहाँले बदर मत प्रतिशत घटाउन सकियोस् भन्ने दृष्टिकोणबाट आयोगले यसपटक निर्वाचन शिक्षालाई जोड दिइरहेको पनि जानकारी गराउनु भयो ।

निर्वाचन कानुनमा व्यवस्था भएअनुसार मतदान सकिएर मतपेटिका सङ्कलन भएपछि मतगणना सुरु गरिने बताउँदै उहाँले स्थानीय तहको दोस्रो चरणको निर्वाचन जेठ ३१ मै हुने दाबी पनि गर्नुभयो ।

संवैधानिक प्रक्रियाअनुसार नियमितरुपमा आउने सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्वाचन आचारसंहिता अनुकूल हुनुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ