काठमाडौँ, २७ वैशाख ।
निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनको समग्र तयारीका बारेमा छलफल गर्न सबै दलका शीर्ष नेतालाई बोलाएको छ ।
आयोगको कार्यकक्षमा आज अपराह्न ४ बजे हुने बैठकमा निर्वाचनको तयारी, आचारसंहिताको पालना, मतदाता शिक्षा, दलहरुबीचको आपसी सहमति र संवादलगायत विषयमा छलफल हुने आयोगले जनाएको छ ।
कतिपय स्थानमा दलहरुले निर्वाचन आचारसंहिता उल्लङघन गरेको पाईएपछि आयोगले सो बारेमा पनि छलफल गर्ने जनाईएको छ ।
पहिलो चरणको निर्वाचन प्रदेश नं ३, ४ र ६ मा यही वैशाख ३१ गते हुँदैछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline