स्वर्ण पदक विजेता महेश्वर महर्जन सम्मानित

स्वर्ण पदक विजेता महेश्वर महर्जन सम्मानित

  • बुधबार, बैशाख २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाडौँ, २७ वैशाख ।
अखिल नेपाल खेलकुद सङ्घले ५० औँ एसियन बडी बिल्डिङ एन्ड स्पोर्ट च्याम्पियनसिपका स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई सम्मान गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले महर्जनलाई सम्मान गरेका हुन् ।
महर्जनलाई सम्मान गर्दै प्रधानमन्त्री दाहालले खेलकुद विकासका लागि सरकारले सक्दो प्रयास गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

खेलकुदको विकासले युवाको शारीरिक र बौद्धिक विकास गर्नुका साथै देशको गरिमा र स्वाभिमान उच्च राख्ने प्रधानमन्त्रीको भनाइ छ ।

महर्जनले सन् २०१६ सेप्टेम्बरमा भुटानमा सम्पन्न ५० औँ एसियन बडी बिल्डिङ एन्ड स्पोर्ट च्याम्पियनसिनमा ७५ केजी तौल समूहमा स्वर्ण पदक प्राप्त गर्नुभएको हो ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीको समेत उपस्थिति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी