काठमाण्डौ ,२७ बैशाख ।
निर्वाचन खारेजी अभियानमा रहेको नेपाल कम्युनिष्ट पार्टीले बिभिन्न दलका उम्मेदवारहरुलाई चुनावमा सहभागी नहुन आग्रह गरेको छ ।
आगामि बैशाख ३१ गतेका लागी तय भएको स्थानिय तह निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरुलाई पत्र पठाएर निर्वाचनमा सहभागी नहुन र उम्मेदवारी फिर्ता लिन माग गरेको हो ।
यसैक्रममा ललितपुर महानगरपालीका भित्रका सबै उम्मेदवारहरुलाई उक्त आग्रह सहितको पत्र पठाउन सुरु गरिएको पार्टी सेक्रेटरी विपिनले जानकारी दिुभयो ।
उहाँका अनुसार बिभिन्न दलका उम्मेदवारहरुलाई पत्र पठाईसकिएको छ । बाकीँलाई पनि क्रमश पत्र पठाएर निर्वाचनमा सामेल नभई पार्टीको अभियानमा सहयोग गर्र्न पनि उहाँले बताउनु भयो ।
केहिले पार्टीको अभियानलाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको उहाँले जानकारी दिनुभयो ।
यस्तै ललितपुर क्षेत्रका बिभिन्न स्थानमा नयाँ संरचना अनुसार राखिएका गाउँपालीकाका बोडहरु हटाएर जनपरिषदका बोड राख्न सुरु गरिएको पनि कम्युनिष्ट पार्टीले जनाएको छ ।
पहिलो चरणमा ललितपुरको दक्षीणी क्षेत्रमा भएका गाउपालीका सहितका बिभिन्न कार्यलयमा जनपरिषदको बोर्ड राखिएको बताईएको छ ।
पार्टीले सुरु गरेको तीन महिने एकिकृत जनजागरण तथा प्रतिरोध अभियान अन्तरगत निर्वाचन खारेजी प्रचार प्रसार सँगै जनपरिषद गठन गर्ने कार्य समेत भईरहेको सो पार्टीले जनाएको छ ।