गच्छादार नेतृत्वको फोरमबाट तीन राज्यमन्त्री थपिए

गच्छादार नेतृत्वको फोरमबाट तीन राज्यमन्त्री थपिए

  • मङ्लबार, बैशाख २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाण्डौ ,२६ बैशाख ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिजयकुमार गच्छार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट तीन जना राज्यमन्त्री नियुक्त गर्नुभएको छ ।

उपप्रधानसहित तीन मन्त्रालय लिदै वर्तमान सत्ता गठबन्धनमा सहभागि भएको लोकतान्त्रिक फोरमका तीन जना राज्यमन्त्रीले आज प्रधानमन्त्री दाहाल समक्ष पद तथा गोपनियताको सपथ समेत लिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक समारोहकाबीच प्रधानमन्त्री दाहालले नवनियुक्त राज्यमन्त्रीलाई सपथ गराउनुभएको थियो ।

नवनियुक्त राज्यमन्त्रीमा यशोदाकुमारी लामालाई भूमिसुधार, जनकराज चौधरीलाई संघीय मामिला तथा स्थानीय र सुमित्रा थरुनीलाई पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

प्रधानन्यायाधीशबिरुद्धको महाअभियोग प्रस्तावमा असहमती जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहालले गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमलाई हिजो सरकारमा सहभागि गराउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ