नेपालको विकास काठमाण्डौबाट सुरु हुन्छ : काँग्रेस

नेपालको विकास काठमाण्डौबाट सुरु हुन्छ : काँग्रेस

  • मङ्लबार, बैशाख २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ, २६ वैशाख ।
नेपाली काँग्रेसले आगामी पाँच वर्ष्भित्र काठमाडौँमा आवश्यक सबै पूर्वाधार निर्माण गरिसक्ने दृढता प्रकट गरेको छ ।

आसन्न स्थानीय तह निर्वाचनमा पार्टीको तयारी बारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै काँग्रेस नेता नवीन्द्रराज जोशीले काठमाडौँका प्रत्येक वडामा उद्यान र सामुदायिक भवन निर्माण गर्ने र हराभरा काठमाडौँ सहर बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सामुदायिक भवनलाई जनताका आवश्यक सूचना प्राप्त गर्ने सूचना बैंकका रुपमा विकसित गर्ने भन्दै उहाँले चुनाव जितेको भोलिपल्टै काग्रेसले हनुमानढोकास्थित जिल्ला प्रहरी कार्यालय काठमाडौँ रहेको स्थानमा सम्पदा पार्क बनाउन काम थाल्ने बताउनु भयो ।

अब स्थानीय समुदायकै योजना र सहभागितामा स्थानीय विकास भन्दै नेता जोशीले त्यसको सुरुवात काठमाण्डौबाट हुने दाबी गर्नुभएको हो ।
काँग्रेसले स्थापनाकालदेखि नै राजनीति र विकासमा विकेन्द्रीकरणको अवधारणा ल्याएको उहाँको भनाइ थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ