काठमाण्डौ ,२६ बैशाख ।
राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले तराई÷मधेसमा समेत निर्वाचन गराउन सरकारले संविधान संशोधन गर्नुपर्ने बताउनु भयो ।
तीन दल र गठबन्धनको बैठकबाट बाहिरिने क्रममा उहाँले संबिधान संसोधन भए मात्र आफ्नो पार्टीलाई निर्वाचनमा भाग लिने बाटो खुला हुने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो “सत्तारुढ दलहरुका नेता संविधान संशोधन गर्छु गर्छु भन्नुहुन्छ, खोइ त भएको ? हामीले बैठकमा स्पष्ट भनिदियौँ, अब पनि हामीलाई झुक्याउने र फकाउने काम भयो भने जेठ ३१ को स्थानीय निर्वाचनमा भाग लिँदैनांैँ ।”
नेता महतोले हालसम्म तराई÷मधेस आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा, क्षतिपूर्ति र बन्दी रिहाइ सरकारका तर्फबाट नभएको भनी असन्तुष्टिसमेत व्यक्त गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline