मध्यपुर ठिमी नगरपालिकामा चुनावी रौनक

मध्यपुर ठिमी नगरपालिकामा चुनावी रौनक

  • सोमवार, बैशाख २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

भक्तपुर, बैशाख २५ ।
भोट हाल्न पाँच दिनमात्र बाँकी हुँदा मध्यपुर ठिमी नगरपालिकामा काँग्रेस र एमालेको ¥याली अघिपछि गर्दै घरघरमा आएपछि मध्यपुर थिमिका बासिन्दामा चुनावी रौनक थपिएको छ ।

आज एमालेका युवा नेता एवम् मध्यपुरथिमि नगरपालिकाका प्रमुखका उम्मेदवार मदनसुन्दर श्रेष्ठ बाजागाजाका साथ घरदैलो अभियानमा जाँदा यहाँका मतदाता भने उत्साहित भएका थिए ।

अगाडि नायखीं बाजा, त्यसपछि धा बाजा र बीचमा बाँसुरी बाजाका बजाउँदै समर्थकहरूको ¥यालीका साथ मध्यपुर ठिमीको बालकुमारी, चपाचो, दुईपोखरी, बाहाखा बजार, नगदेश, बोडे, नगरपालिका रोड हुँदै नगरपालिकाको टोलटोलमा पुगेको उम्मेदवारको टोलीलाई मतदाताले बीचबीचमा स्वागत गरेका थिए ।

मध्यपुरका बासिन्दा उत्साहित हुँदै १८ वर्ष पनि स्थानीय नेतालाई मतदान गर्न पाएकामा खुसी व्यक्त गर्दै उम्मेदवारलाई अबिर, माला र खादा लगाएर स्वागत गर्दै सगुन दिएर शुभकामना व्यक्त गरेका थिए ।

मध्यपुर थिमिका नवीनचन्द्र श्रेष्ठले १८ वर्षपछि यसरी घरदैलोमा स्थानीय नेताहरु भोट माग्न आउँदा उत्साहित बनाएको बताउँदै यसवर्ष युवा उम्मेदवारलाई मतदान गर्ने बताएका छन् ।

एमालेका प्रमुखका उम्मेदवार श्रेष्ठ र नेमकिपाका तर्फबाट उप–प्रमुखमा उम्मेदवारी दिएका केदार खड्काले संयुक्त प्यानल बनाएकाले चुनावी माहोलमा उत्तिकै रौनक थपिएको थियो । टोलटोलमा महिला, ज्येष्ठ नागरिक र स्थानीयवासीले भव्य स्वागत गर्दा महोत्सवमय भएको थियो ।

त्यसैगरी नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार अष्टकुमार कवेँ र उप–प्रमुखका उम्मेदवार अञ्जना मढीकर्मीले पनि मध्यपुर थिमिमा घरदैलो गर्दा ७० वर्षका वृद्धवृद्धादेखि युवायुवतीले समेत भव्य स्वागत गरेका थिए । नेपाली काँग्रेसले आज नगदेश, बोडे, मगर गाउँ, धुन्चेपाखा, बोडेलगायतका क्षेत्रमा घरदैलो अभियान गरेर भोट मागेका थिए ।

मध्यपुरथिमिमा कहिले काँग्रेस अगाडि त कहिले एमाले अगाडि हुँदै एउटै क्षेत्रमा एकैदिन घरदैलो गरेपछि मध्यपुरका बासिन्दामा थप रौनक छाएको थियो ।

बोडेका रामचन्द्र प्रजापतिले गाउँकै मानिस फरकफरक पार्टीबाट भोट माग्न घरघरमा आउँदा रमाइलो लागेको बताउँदै यसले चुनावी उत्साह थपेको बताएका छन् । जुन पार्टीका नेताले जिते पनि मध्यपुरको विकास हुन्छ भन्ने विश्वास लिएको उनले बताए ।

आज नै मध्यपुरथिमिमा नयाँ शक्तिबाट प्रमुखमा उम्मेदवारी दिएका ज्ञानराम प्रजापतिले पनि घरदैलो अभियान सञ्चालन गर्दै मत माग्नुभएको थियो । माओवादी केन्द्रका प्रमुखका उम्मेदवार प्रतिमा श्रेष्ठ र उप–प्रमुख सुचित्रा श्रेष्ठले पनि घरदैलो अभियान सञ्चालन गरेर भोट माग्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ