कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको बिबादमा अल्झने समय छैन : कांग्रेस

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको बिबादमा अल्झने समय छैन : कांग्रेस

  • सोमवार, बैशाख २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, २५ वैशाख ।

सत्तारुढ दल नेपाली काँग्रेसले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचका क्षेत्राधिकारमा देखिएका समस्यालाई संविधानसम्मत् समाधान खोजिने जनाएको छ ।

स्थानीय तह निर्वाचनका पछिल्ला गतिविधिबारे जानकारी दिन पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलन मार्फत काग्रेसले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच पछिल्लो समय क्षेत्राधिकारका बिषयमा देखिएका बिबादबारे निर्वाचनपछि मात्रै आधिकारीक धारणा सार्वजनिक गर्ने जनाएको हो ।

केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिका संयोजक रमेश लेखकले तीनै निकाय आ आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्नुपर्ने भन्दै अहिले काग्रेस बिबादमा नफसी निर्वाचनमा केन्द्रित भएको बताउनु भयो ।

संयोजक लेखकले संविधानलाई सर्वस्वीकार्य बनाउन संविधान संशोधन गर्न लागिएको र संविधान कार्यान्वयन गर्न स्थानीय तहको निर्वाचन हुन लागेको चर्चा गर्दै यी दुवै कार्य सरकारले एकसाथ अगाडि बढाएको उल्लेख गर्नुभयो ।

तराई÷मधेस एवम् अन्य समुदायले उठान गरेका माग संविधान संशोधनमार्फत सम्बोधन हुने चर्चा गर्दै उहाँले छिट्टै संविधान संशोधनको प्रस्ताव पारित हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।

यस्तै संयोजक लेखकले चितवन, धादिङलगायत केही जिल्लामा नेका चुनाव प्रसारप्रसारमा परिचालन भएका यातायात साधनमाथि तोडफोड एवम् आगजनी गरी पु¥याएको क्षतिको भत्र्सना गर्दै यस्तो कार्यले पार्टी विचलित नहुने बताउनुभयो ।

सञ्चारकर्मीको जिज्ञासामा संयोजक लेखकले स्थानीय आवश्यकताअनुसार नै केही जिल्लामा अन्य पार्टी्सित चुनावी तालमेल भएको भन्दै तालमेल गरेका स्थान र जिल्लामा अब कुनै समस्या र द्विविधा नरहेको स्पष्टसमेत पार्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ