प्रचण्ड र उपेन्द्र दुबैले धोका दिए : महन्थ ठाकुर

प्रचण्ड र उपेन्द्र दुबैले धोका दिए : महन्थ ठाकुर

  • सोमवार, बैशाख २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाण्डौ ,२५ बैशाख ।

दल दर्ताको तयारी गरिरहेको राष्ट्रिय जनता पार्टी नेतृत्वको संघीय गठबन्धनले आगामी रणनीति तयार गर्दै छ ।

निर्वाचनमा आयोगमा पार्टी दर्ता गराउन बिधान र घोषणापत्र बनाउने गृहकार्य गरिरहेकोे गठबन्धनले प्रधानमन्त्री प्रचण्डले आफुहरुको माग संबोधन नगरि जेठ ४ गतेसम्म संसद बैठक स्थगित गराएर धोका दिएको भन्दै आगामी रणनीति बनाउन लागेको हो ।

राष्ट्रिय जनता पार्टीका संयोजक महन्थ ठाकुरको अध्यक्षतामा अपरान्ह बस्ने बैठकले समग्र राजनीतिक परिस्थितिको समीक्षा गरी आगामी आन्दोलनका कार्यक्रमका बारेमा छलफल गर्ने नेता केशव झाले बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डले भद्र सहमति तोडेर संसदको बैठक जेठ ४ गतेसम्म स्थगित गर्न लगाएपछि धोका भएको भन्दै उहाँले दोस्रो चरणको निर्वाचनमा सहभागी हुने संभावना कम रहेको बताउनु भयो ।

संघीय गठबन्धनका संयोजक रहेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको निर्वाचनमा सहभागी हुने निर्णयगरेपछि उहाँबाट पनि धोका भएको ठहर राष्ट्रिय जनता पार्टीले गरेको छ ।

यादवले पनि आत्मालोचना गर्नुपर्ने भन्दै उहाँले त्यसो नभए आफुहरु अव गठबन्धनमा समेत नरहने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ