काठमाणडाै ,२४ बैशाख ।
प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसद् सचिवालयमा दर्ता भएको महाअभियोग प्रस्ताव फिर्ता लिन सत्तारूढ दलसँग प्रस्ताव राख्नु भएकाे छ ।
सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताहरुको आइतबार साँझ बालुवाटारमा बसेको बैठकमा एमाले अध्यक्ष ओलीले प्रस्ताव फिर्ता लिएमा कार्यपालिका, व्यवस्थापिका र कार्यपालिकाबीच देखिएको द्वन्द्व समाधान हुने बताउनु भएकाे हाे ।
अध्यक्ष ओलीले प्रधानन्यायधीशविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव फिर्ता लिन र दोस्रो चरणको निर्वाचनको मिति बजेट ल्याउनु भन्दा पहिले जेठ १० गते भित्र तोक्न सत्ता पक्षसँग आग्रह गर्नु भएको एमाले महासचिव र्इश्वर पोखरेलले जानकारी दिनुभयाे ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले महाअभियोग प्रस्ताव फिर्ता लिन नहुने र स्थगन गरेर राख्नु पर्ने बताउनु भएको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ महाअभियोग प्रस्ताव फिर्ता लिन वा स्थगनमा राख्न सकारात्मक देखिनु भएको छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले ‘तीन नेताबीच महाअभियोग प्रस्ताव, बजेट, चुनावको मितिका बारेमा छलफल भएको बताउनु भयाे ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई सरकारमा सहभागी गराउने बारेमा पनि देउवा र ओलीसँग परामर्श गर्नु भएको खनालले बताउनुभयो। उहाँका अनुसार राष्ट्रिय जनता पार्टीलाई पनि दोस्रो चरणको निर्वाचनमा सहभागी गराउने प्रधानमन्त्री प्रचण्डको प्रयत्न जारी रहेको छ।
प्रधानन्यायधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिने विधि खोज्न र पहिलो चरणका वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गरेपछि दोस्रो तहको निर्वाचन र बजेटका बारेमा नेताबीच छलफल भएको थियो।
जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था, जेठ ३१ गतेका लागि घोषणा गरिएको स्थानीय तहको दोस्रो तहको निर्वाचनको मितिका बारेमा छलफल भएको छ।
जेठ १५ गते बजेट ल्याउनु पर्ने संम्बैधानिक व्यवस्था,जेठ ३१ गतेका लागि घोषणा गरिएको स्थानीय तहको दोस्रो तहको निर्वाचनको मितिका बारेमा नेताहरु वीच छलफल भएको छ ।