काठमाडौ , २४ बैशाख ।
सत्तारुढ दल नेपाली काग्रेस , नेकपा माओवादी र प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरु गम्भिर छलफलमा जुटेका छन् ।
बालुवाटारमा जारी वार्तामा कार्यपालिका,न्यायपालिका र व्यवस्थापिका वीच चलिरहेको त्रिपक्षीय द्धन्दको समाधान खोज्ने बिषयमा छलफल भईरहेको बताईएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,नेपाली काँग्रसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको बैठकमा सहभागीता रहेको छ ।
प्रधानन्यायधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिने विधि खोज्न र पहिलो चरणका बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गरेपछि दोस्रो तहको निर्वाचन र बजेटका बारेमा नेताहरु वीच छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।
जेठ १५ गते बजेट ल्याउनु पर्ने संम्बैधानिक व्यवस्था,जेठ ३१ गतेका लागि घोषणा गरिएको स्थानीय तहको दोस्रो तहको निर्वाचनको मितिका बारेमा नेताहरु वीच छलफल भएको छ । प्रतिपक्षी दल एमालेले जेठ १५ गते बजेट ल्याउनु भन्दा पहिले दोस्रो चरणको निर्वाचन गरिनु पर्ने तर्क राख्दै आएको छ ।