कमल सरगम
काठमाण्डौ ।
गायक मौसम गुरुङ यो नाम नचिन्ने कमै हुनुहुन्छ लोक गीत संगीत मन पराउने दर्शक/श्रोता /पाठक हरु।सोहि गायक मौसम गुरुङ र बिष्णु माझीको आवाजमा रहेको निकै फरक खालको लोकदोहोरी गीत यही जेष्ट १ गतेबाट बजारमा आउन लागेको छ।देश को लागी लड्ने आफ्नो देश लाई आमा सरह ठान्ने नेपाल प्रहरीको कथा लाई समेटिएको गीतले पक्कै हरेक नागरिकलाई एक पटक रूहाउने गुरुङ् बताउछन ।मौसम गुरुङ्कै प्रस्तुतिमा बजारमा आउने गीतको म्यूजिक भिडियोको छायांकन भैसकेको छ ।केहि दिन अगाडी छायांकन सकेको गीतमा अभिनय चर्चित मोडल दुर्गेस थापा र संचिता ठकुरीको रहेको छ ।ओम छिनालको उत्कृष्ट लय र केशब घिमिरेको मन छुने शब्द सृजनामा बजारमा आउने गीतको म्यूजिक भिडियोको निर्देशन क्रान्ति केसीले गरेका हुन् ।मालाश्री स्टुडियोमा रेकर्ड गरिएको गीतले निकै चर्चा कमाउने आसा गीतको टिमको छ ।
गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामाना व्यक्त गर्दछौ ।
सबै दर्शक जेष्ट १ गतेको प्रतिक्षामा रहनुहोला ।