काठमाडौं, बैशाख २३ ।
नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मार्सल जुलुम शाक्यको आज बिहान ८:४५ बजे निधन भएको छ ।
ग्रान्डी अस्पतालनमा करिब पाँच दिनदेखि उपचार गराइरहेका उनको ७७ वर्षको उमेरमा मृत्यु भएको नेपाली काँग्रेसका नेता तथा सभासद् भीमसेन दास प्रधानले जनाएको छ ।
प्रधानकाअनुसार उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय सानेपामा राखिनेछ । उनको आजै टेकु दोभानमा अन्तेष्ठि गरिनेछ । स्व शाक्य २०४६ सालपछिको अन्तरिम मन्त्रिपरिषद्का आपूर्तिमन्त्री भएका थिए ।
उनी वि.सं २०१७ पुस १ गते राजाले तत्कालीन प्रधानमन्त्री बिपी कोइरालालाई अपदस्त गरेपछि कालो भन्डा लिएर प्रदर्शनमा उत्रिएकाले जेल पर्नुभएको थियो । सोही समयदेखि उनी मार्सल जुलुम शाक्यका नाममा सर्वत्र परिचित भएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline