काठमाडौं, बैशाख २३ ।
उपाधि होडमा रहँदै आएपछि वेस्टह्यामसँग पराजित भएपछि टोटनह्यामले इङलिस प्रिमियर लिग जित्ने सम्भावना कमजोर भएर गएको छ ।
लिग लिडर चेल्सीसँग जम्मा चार अंकले पछि रहे पनि वेस्ट ह्यामसँग ३५ औं खेलमा पराजित भएपछि अब यो अंक दुरी ७ मा पुग्ने देखिएको छ ।
आज हुने खेलमा चेल्सीले मिडल्सवर्गलाई पराजित गरे उसैले लिग जित्ने लगभग पक्का जस्तै हुनेछ ।
टोटनह्यामलाई स्तब्ध पार्ने क्रममा वेस्ट ह्यामका लागि लाजिनीले ६५ औं मिनेटमा गोल गरे । यही गोलले टोटनह्यामको लिग जित्ने सम्भावना निक्कै कमजोर भएर गएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline