विवादपछि स्थानीय र प्रहरीबीच झडप, खोसियो प्रहरीको हतियार

विवादपछि स्थानीय र प्रहरीबीच झडप, खोसियो प्रहरीको हतियार

  • शुक्रबार, बैशाख २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

कालिकोट, बैशाख २२ ।
कालिकोट जिल्लास्थित रास्कोट नगरपालिका वडा नं. ७ पुच्छेगाउँमा स्थानीयबासी र प्रहरीबीच झडप भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरू उक्त गाउँमा भएको आशंकामा एक सय ५० जनाभन्दा बढीको संख्यामा रहेको सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीको संयुक्त टोलीले गाउँमा घेरा हालेको थियो ।

आफ्नै घरमा खाना खाइरहेका नेकपा नेता कर्णबहादुर भण्डारीलाई गिरफ्तार गर्ने प्रयास गरेपछि स्थानीयले प्रतिकार गर्न खोज्दा विवाद भएको थियो । करिब आधा घण्टासम्म ढुङ्गामुढा हानाहान एवं दोहोरो झडप भएको थियो । झडपका क्रममा स्थानीयले प्रहरीको राइफल समेत खोसेर भाँचिदिएका छन् ।

त्यसैगरी एक जना प्रहरीको आँखामा गम्भीर चोट लागेको छ भने छ जना प्रहरी र तीन जना स्थानीय पनि घाइते भएका छन् । बिनाकारण आफ्ना नेता कार्यकर्ताहरूलाई दुःख दिएको र जनतालाई त्रसित गर्न खोजेकाले आफ्नो पार्टी र स्थानीय जनताले संयुक्त प्रतिरोध गर्नुपरेको अखिल (क्रान्तिकारी) नेतृ सुनिता बम ‘कामना’ले जानकारी दिएकी छन् । घटनापछि उक्त गाउँलाई चुनावी गतिविधि निषेधित गाउँ घोषणा गरिने नेतृ बमले बताइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ