भारतमा कन्सर्टका लागि जस्टिन बीबरको महँगो डिमाण्ड

भारतमा कन्सर्टका लागि जस्टिन बीबरको महँगो डिमाण्ड

  • शुक्रबार, बैशाख २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं, बैशाख २२ ।
विश्व चर्चित क्यानेडियन पप गायक जस्टिन बीबर आगामी ७ मेमा कन्सर्टका लागि भारत जाँदैछन् । बीबरले १० मेमा मुम्बईको डीवाई पाटील स्टेडियममा प्रस्तुती दिनेछन् । भारत जानुअघि बीबरले सुरक्षादेखि बसोबाससम्म विभिन्न माग गरेका छन् ।

बीबर आफ्ना १२० साथी तथा प्रतिनिधिका साथ होटलमा उपस्थित हुनेछन् । उनको उपस्थितिका लागि १० लक्जरी कारबाहेक दुई भोल्भो बस उपलब्ध गराइने भएको छ ।

बीबरलाई नीजि सुरक्षा बाहेक अतिरिक्त सुरक्षाका साथ साथै महाराष्ट्र प्रहरीले कडा सुरक्षा पनि दिइनेछ । बीबरले आफ्नो तर्फबाट स्टेजको पछाडि ‘जेकुजी’को व्यवस्था गर्न आग्रह गरेका छन् । जसले गर्दा उनी स्टेजमा जानुअघि रिल्याक्स हुन सकुन् । त्यस्तै, स्टेजकै पछाडिपट्टि मसाज टेबल, कबर्ड, वासिन मेसिन, सोफा सेट, टेबल टेनिस, प्ले स्टेशन गरेर १० कन्टेनर्सको व्यवस्था गरिएको छ ।

सुरक्षालाई ध्यानमा राख्दै दुई पाँचतारे होटलको व्यवस्था गरिएको छ । बीबरको कोठा होटलको सबैभन्दा शान्त भागमा हुने गरी व्यवस्था गरिएको छ भने उनले खाने खानाको नाम उनको चर्चित गीतको बोलबाट राखिनेछ । उनी बस्ने कोठा बैगुनी रंगले रंगाइने छ, जुन उनको सबैभन्दा मनपर्ने रंग हो । बीबर प्रवेश गरेपछि होटललाई व्यक्तिगत घरमा परिवर्तन गर्नेछन्, जसको ३ वटा तला बीबर र उनका साथीहरूका लागि रिजर्भ हुनेछ ।

बीबरका लागि एक प्राइभेट जेट र हेलिकप्टर पनि व्यवस्था गरिएको छ, जसले गर्दा बीबरको माग तुरुन्तै पूरा हुन सकोस् । बीबर स्टेडियममा हेलिकप्टरबाटै पुग्नेछन् । त्यस्तै, बीबरका लागि चाँदीका भाडा, ताजा फूल, सुगन्धित मैनबत्ती र नरिवल पानी, हर्बल टी, ताजा फलफूलजस्ता स्वस्थ्य खानेकुराको व्यवस्था गरिनेछ । बीबरका लागि स्पेशल मालिस एक्सपर्टको पनि व्यवस्था गरिनेछ ।

खबरअनुसार, बीबरले आफ्नो ड्रेसिङ रुममा सेतो रंगको पर्दा मात्र राख्ने माग गरेका छन् । उनको अरु मागमा, ठूलो ग्लास डोर रेफ्रिजेनेरेटर, कपडा राख्ने दराज, आठ पावर पोइन्ट र दर्जनौ सेतो रुमाल समावेश छन् ।

यस्तो तयारीको खबरले बीबर गायक होइनन् बरु निकै असन्तुष्ट व्यक्ति हुन् भन्ने चर्चा समेत सामाजिक सञ्जालमा चल्ने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी