‘माघ ७ सम्म तीनै तहको चुनाव सम्पन्न नभए राष्ट्रमा जटिल राजनीतिक संकट’ : उपप्रधानमन्त्री निधी

‘माघ ७ सम्म तीनै तहको चुनाव सम्पन्न नभए राष्ट्रमा जटिल राजनीतिक संकट’ : उपप्रधानमन्त्री निधी

  • शुक्रबार, बैशाख २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

जनकपुरधाम, बैशाख २२ ।
उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, समावेशीता र मधेशी जनताको अधिकार प्राप्तिको पक्षमा रहेका राजनीतिक दललाई मजबुत गर्न आग्रह गरेका छन् ।

जनकपुरधाममा आज आयोजित महावीर युवा कमिटीको पद स्थापन समारोहमा उनले भने ‘राजनीतिक परिवर्तनका बाधक शाक्तिलाई परास्त गर्नु आजको आवश्यकता हो ।’

उपप्रधानमन्त्री निधिले सङ्घीयताको संरचनाका बारेमा बहसको थालनी गर्नु पनि जरूरी भएको बताएका छन् ।

प्रादेशिक संरचना अन्तर्गत प्रदेश नम्बर–२ को आशाको केन्द्र जनकपुरधाम भएकाले यहाँ रहेका पूर्वाधारलाई सुरक्षित राख्नु आवश्यक भएको चर्चा गर्दे उनले जनकपुरधामलाई प्रदेशको राजधानी बनाउने सन्दर्भमा यहाँका जनतामा संवेदनशीलता, संयम, धैर्य, शिष्टाचार र एक अर्कालाई सम्मान गर्ने व्यवहारको खाँचों औँल्याएका थिए ।

उपप्रधानमन्त्री निधीले माघ ७ गतेसम्म तीनै तहको निर्वाचन सम्पन्न नभएमा राष्ट्रमा जटिल राजनीतिक संकट आउनसक्ने भएकाले संविधानमा भएका कमी कमजोरीलाई संशोधन गरी आमूलपरिवर्तनको मार्गतिर सबै उन्मुख हुनुपर्ने धारणा राखेका थिए ।

जनकपुरधामको माटोसमेत श्रद्धाको केन्द्र भएकाले जनकपुरधामको विकास अभियानमा कलह नगरी परस्परमा सहयोगी भई अग्रसर हुनु जरूरी छ उनले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ