निर्वाचन आयोगले उम्मेदवारहरूलाई चुनाव चिह्न वितरण

निर्वाचन आयोगले उम्मेदवारहरूलाई चुनाव चिह्न वितरण

  • शुक्रबार, बैशाख २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, बैशाख २२ ।
निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका उम्मेदवारलाई दलको नाममा कायम रहेको चुनाव चिह्न तथा अरू दलका उम्मेदवारलाई स्वतन्त्र चुनाव चिह्न प्रदान गर्ने भएको छ ।

आज बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । चुनाव चिह्न दिनु अघि आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गर्नेछ ।

यसैबीच यही बैशाख १९ गते भएको मनोनयन दर्ता कार्यक्रममा ३४ जिल्लाका २ सय ८३ स्थानीय तहका विभिन्न पदमा ४९ हजार २ सय सात जनाले मनोनयन दर्ता गराएको तथ्यांक प्राप्त भएको आयोगले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ