संसद् बैठक आज पनि बस्दै

संसद् बैठक आज पनि बस्दै

  • बिहिबार, बैशाख २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौँ, २२ वैशाख ।
व्यवस्थापिका–संसद्को बैठक आज पनि बस्दै छ । बैठक नयाँ बानेश्वर स्थित संसद भवनमा बिहान १० बजेपछि बस्दै छ ।

आजको बैठकमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोगको प्रस्तावको विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

बिहिवार अपराह्न ३ बजेका लागि तय भएको बैठक महाअभियोग प्रस्ताव फिर्ता नलिए अबरुद्ध पार्ने प्रतिपक्षी एमालेको चेतावनीका कारण स्थगित गरि शुक्रबार बिहान १० बजेका लागि तय गरिएको थियो ।

संसद्को कार्यसूचीका विषयमा प्रमुख दलबीच सहमति हुन नसकेपछि सूचना टाँसेर बैठक स्थगित गरिएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले महाअभियोगको प्रस्ताव फिर्ता लिन आग्रह गरेको तथा संविधान संशोधन प्रस्तावमा समेत सहमति नजुटेका कारण बैठक स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।

आजको संसद बैठक पनि एमालेले अबरुद्ध पार्ने संकेत गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ