आयोगद्धारा उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गर्दै

आयोगद्धारा उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गर्दै

  • बिहिबार, बैशाख २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौँ, २२ वैशाख ।

निर्वाचन आयोगले आगामि बैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनमा उम्मेदवारलाई आज चुनाव चिह्न दिने भएको छ ।

पहिलो चरणको निर्वाचन कार्यक्रमानुसार आज बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
यसअघि आजै बिहान १० देखि ११ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । आयोगले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका उम्मेदवारलाई दलको नाममा कायम रहेको चुनाव चिह्न तथा अरु दलका उम्मेदवारलाई स्वतन्त्र चुनाव चिह्न प्रदान गर्ने छ ।

यसैबीच यही वैशाख १९ गते भएको मनोनयन दर्ता कार्यक्रममा ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहका विभिन्न पदमा ४९ हजार दुई सय सात जनाले मनोनयन दर्ता गराएको तथ्याङ्क प्राप्त भएको आयोगले जनाएको छ । यद्यपि अझै यकिन विवरण एकीकृत भइनसकेको आयोगको भनाइ छ ।

तेह्र हजार पाँच सय ५६ पदमा छनोटका लागि हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनमा प्रमुख÷अध्यक्षमा एक हजार नौ सय २५, उपप्रमुख÷उपाध्यक्षमा एक हजार चार सय २९, वडाध्यक्षमा १० हजार आठ सय ४१, प्रत्येक वडाबाट छनोट हुने दुई सदस्यमा १८ हजार ती सय ७१ र महिला सदस्यमा नौ हजार ३३ र दलित महिला सदस्यमा सात हजार ४७२ उम्मेदवारी परेको जनाइएको छ ।

स्थानीय तहमध्ये सबैभन्दा बढी काठमाडौँ महानगरपालिकामा विभिन्न पदका लागि आठ सय ८७ को उम्मेदवारी परेको छ । निर्वाचन कार्यक्रमानुसार पहिलो चरणको निर्वाचनमा उम्मेदवारी दिई नाम फिर्ता लिन चाहने व्यक्तिलाई आज नाम फिर्ता लिन समय प्रदान गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ