काठमाण्डौ ,२१ बैशाख ।
नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमती भएपछि पोखरा लेखनाथ महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार बनेका विश्वप्रकाश लामिछानेले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
पोखरा महानगरपालिका मेयरमा कांग्रेसलाई सघाउन माओवादी केन्द्र सहमत भएपछि लामिछानेले आज आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको हो ।
कांग्रेस कास्कीका सभातपि कृष्ण केसीका अनुसार माओवादीले मेयरको उमेदवारी फिर्ता लिएर कांग्रेसलाई सघाउने तर उपमेयरमा दुवै पार्टीका आ(आफ्ना उम्मेदवार कायम रहने केन्द्रीय सहमति बनेको थियो ।
पोखरामा कांग्रेसबाट उपमेयरमा सरस्वती गुरुङ र माओवादीबाट गोमा ढकालले उम्मेदवारी दिनछ ।
तर कांग्रेसबाट भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनेका दिनेश कोइरालाले उम्मेदवारी फिर्ता नलिने बताउनुभएको छ ।
‘केन्द्रले क्यान्सील गर्न सक्ने रैछ भने मेरो केही लागेन,’ उहाँले भन्नुभयो, ‘तर, म उम्मेदवारी फिर्ता गर्दिनँ ।’
कार्यकर्ताले फोन गरेर कुनै हालतमा पनि उम्मेदवारी फिर्ता नलिन दबाब दिइरहेको उहाँले बताउनुभयो । उहाँ उम्मेदवार भएदेखि चुनावी प्रचार प्रसारमा व्यस्त हुनुहुन्छ ।
कांग्रेस र माओवादी केन्द्रबीच भरतपुर महानगरपालिकामा तालमेल गर्ने सहमति भएसँगै चितवनमा काग्रेसका कार्यकर्ता आक्रोशित बनेका छन् ।
केन्द्रीय पार्टी कार्यालयले गलत निर्णय गरेको भन्दै सभापति शेरबहादुर देउवाविरुद्ध कार्यकर्ताहरु नाराबाजीमा सोत उत्रिएका थिए ।