फिफा बरियतामा नेपाल तीन स्थान तल

फिफा बरियतामा नेपाल तीन स्थान तल

  • बिहिबार, बैशाख २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौँ, २१ वैशाख । विश्व फुटबल महासङ्घ (फिफा) बरियतामा नेपाल तीन स्थान तल झरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल तीन स्थान तल झर्दै १७३औँ स्थानमा रहेको हो । नेपालको ११० अङ्क रहेको छ ।

त्यस्तै भारत एक स्थान सुधार गर्दै १००औँ स्थानमा बढुवा भयो । तीन सय ३१ अङ्क जोडेको भारत दक्षिण एसियाली राष्ट्रमा सबैभन्दा उच्च स्थानमा छ ।

त्यसैगरी माल्दिभ्स एक स्थान तल झर्दै १५२औँ स्थान, भुटान १६४औँ स्थानमा यथावत् छ भने बङ्गलादेश १९३औँ स्थानमा छ । त्यस्तै श्रीलङ्का १९७ औँ तथा पाकिस्तान २०१औँ स्थानमा छ । विश्व बरियतामा ब्राजिल शीर्ष स्थानमा छ भने अर्जेन्टिना दोस्रो तथा जर्मनी तेस्रो स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी