काठमाडौं, बैशाख २१ ।
प्रमुख दल माओवादी र एमालेबीचको भेटमा स्थानीय तहको निर्वाचनको दोस्रो चरणको चुवाव बारे छलफल भएको थियो ।
छलफल प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सहभागी थिए ।
सिंहदरबारस्थित सभामुख ओनसरी घर्तीको कार्यकक्षमा आज भएको भेटमा आगामी जेठ ३१ गतेका लागि निर्धारित दोस्रो चरणको निर्वाचन र त्यसअघि जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थालाई कसरी समायोजन गर्ने भन्ने बारेमा छलफल भएको हो ।
छलफलमा मुख्य रूपमा जेठ ३१ को निर्वाचन बजेट अगाडि सार्ने वा बजेटको संवैधानिक व्यवस्थालाई निर्वाचन पछि सार्ने भन्ने दुई विकल्पमा केन्द्रित भएर कुराकानी भएको भेटमा सहभागी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
भेटमा संविधान संशोधन प्रस्ताव र प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोगका सम्बन्धमा पनि छलफल भएको थियो । एमाले अध्यक्ष ओलीले उक्त महाअभियोग गलत भएको भन्दै फिर्ता लिन सत्ता पक्षलाई आग्रह गरेका थिए ।