कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल

कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल

  • बिहिबार, बैशाख २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं , वैशाख २१ ।
सत्तारुढ दल नेपाली कंग्रेस र माओवादी केन्द्रबीच स्थानीय तह निर्वाचनका लागि पोखरा–लेखनाथ र भरतपुर महानगरपालिकामा तालमेल गर्ने सहमति भएको छ ।

दुई दलबीच काग्रेसले चितवनमा रेणु दाहाललाई सहयोग गर्दै पोखरा लेखनाथमा माओवादी केन्द्रले रामजी कुँवरलाई सघाउने सहमति जुटेको हो ।

काठमाडौं महानगरपालिकाको प्रमुखमा आफ्ना उम्मेद्वारलाई सहयोग गर्न माओवादी केन्द्रले गरेको प्रस्ताव कांग्रेसले अस्वीकार गरेपनि भरतपुर र पोखरा–लेखनाथ महानगरमा भने सहकार्य गर्ने सहमति भएको माओवादी प्रवत्ता पम्फा भुषालले जानकारी दिनुभयो ।

सहमतिसँगै निर्वाचन आयोगले उम्मेद्वारी फिर्ता लिन आज साँझ ५ बजेसम्म निर्धारण गरेको समय भित्र सम्बन्धित दलका उम्मेद्वारले मनोनयन फिर्ता लिनेछन् ।

माओवादी केन्द्रका तर्फबाट भरतपुरको प्रमुखमा रेणु दाहाल र कांग्रेसका तर्फबाट पोखरा–लेखनाथको प्रमुखमा रामजी कुँवरले उम्मेद्वारी दिनुभएको छ ।

भरतपुरबाट उम्मेद्वारी दिने कांग्रेस उम्मेद्वार दिनेश कोईराला र पोखरा लेखनाथबाट उम्मेद्वारी दिने माओवादी केन्द्रका उम्मेद्वार बिश्वप्रकाश लामिछानेले आफ्नो उम्मेद्वारी फिर्ता लिने स्रोतको भनाई छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालकाअनुसार, दुवै महानगरको उपप्रमुखमा समेत सहमतिको पहल भईरहेको छ ।

चुनावी तालमेल गर्नेबारे ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा बसेको कंग्रेस शीर्ष नेताहरुको बैठकमा सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रले चुनावी तालमेलका लागि गरेको प्रस्तावबारे जानकारी गराउनु भएको थियो ।

माओवादी केन्द्रले काठमाण्डौ र भरतपुर महानगरपालिकाको प्रमुखमा आफूलाई सघाउन आग्रह गरेकोबारे देउवाले बैठकमा जानकारी गराउनुभएको थियो ।
तर, नेता प्रकाशमान सिंहले भरतपुरबाहेक अन्यत्र प्रमुख पद छोड्न नसकिने अडान राखेका थिए । काठमाडौं र ललितपुर महानगरपालिकाका भने दुई पार्टीबीच चुनावी तालमेल भएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ