पुनः मन्त्रालय फर्किएपछि निधीले भने : जिम्मेवारी बोध गरी राजीनामा फिर्ता गरे

पुनः मन्त्रालय फर्किएपछि निधीले भने : जिम्मेवारी बोध गरी राजीनामा फिर्ता गरे

  • बिहिबार, बैशाख २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, बैशाख २१ ।

महाअभियोग प्रस्ताव प्रति असन्तुष्टी जनाउदै पदबाट राजिनामा दिनुभएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि फेरी काममा फर्कनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र काग्रेस सभापति शेरबहादुर देउवासँग आज बिहान छलफल गरेपछि निधी राजिनामा फिर्ता लिन सहमत हुनुभएको थियो ।

सो लगत्तै निधीले गृहमन्त्रालय पुगि आफ्नो जिम्मेवारी सम्हाल्नुभएको हो ।

प्रधानन्यायधिसलाई महाअभियोग लगाउने काग्रेस र माओवादी केन्द्रको निर्णयपछि असहमती जनाउदै गत आईतवार उहाँले राजिनामा दिनुभएको थियो । महाअभियोग प्रस्ताव दर्ता लगत्तै राजिनामा दिएपनि प्रधानमन्त्रीले स्वीकृत गर्नुभएको थिएन ।

आज बिहान देउवा र निधीसँगको छलफल लगत्तै प्रधानमन्त्री दाहालले अध्यक्ष उहाँको राजिनामा अस्वीकृत गर्नुभएको हो ।

यसैबीच उपप्रधान एवम् गृहमन्त्री निधिले मधेस मुद्दाको सम्बोधन, संविधान संशोधन, स्थानीय निर्वाचन र देश र जनताको आवश्यकताको जिम्मेवारीलाई ध्यानमा राख्दै मन्त्री पदबाट दिएको राजीनामा फिर्ता लिएको बताउनुभएको छ ।

जनकपुर विमानस्थलमा आज पत्रकारहरूसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले पार्टी सभापति र प्रधानमन्त्रीको आग्रह र राष्ट्रिय समस्याको संवेदनशीलतालाई दृष्टिगत गर्दै आफूले राजीनामा फिर्ता लिएको स्पष्ट गर्नुभयो ।

आफूले मन्त्री पदबाट राजीनामा दिएपछि मधेसी मोर्चाका नेताले राजीनामाका बारेमा पुनर्विचारको सुझाव दिएको उहाँको भनाई छ ।

एक प्रश्नको जवाफमा उपप्रधानमन्त्रीले महाअभियोग प्रस्ताव फिर्ताका बारेमा छलफल हुन सक्ने धारणा पनि राख्नुभयो । उहाँले संविधान संशोधन प्रस्तावको टुङ्गो छिट्टै लाग्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ