काठमाडौ २१ वैशाख ।
प्रधानन्यायाधीश सुशीला कार्कीबिरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव खारेजीको माग गर्दै सर्बोच्च अदालतमा दर्ता भएको रिट निवेदनमाथि आज पहिलो सुनुवाई हुदैछ ।
महाअभियोग सम्बन्धी कुनै पनि काम कारबाही अघि नबढाउन अन्तरिम आदेशको माग गर्दै अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र सुनील रञ्जन सिंहले संयुक्त रुपमा हिजो सर्बोच्चमा रिट दायर गर्नुभएको थियो ।
रिटमा सभामुख, संसद सचिवालय, नेपाली काँग्रेस संसदीय दलको कार्यालय र नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयलाई विपक्षी बनाइएको छ ।
रिट निवेदनमा प्रहरी नायब महानिरीक्षक सम्बन्धी अदालतमा विचाराधीन मुद्दाको विषयवस्तुलाई लिएर संसद्ले सिधै हस्तक्षेप गरेको उल्लेख छ ।
मुलुकको न्यायीक इतिहासमा पहिलो पटक प्रधानन्यायाधीश विरुद्ध दर्ता भएको महाअभियोगलाई लिएर चौतर्फी विरोध भईरहेका बेला सर्वोच्चमा रिट दायर भएको हो ।
सत्तारुढ दलह नेपाली कांग्रेस र माओवादी केन्द्रका २ सय ४९ जना सांसदले गत आइतवार प्रधानन्यायाधीश कार्की्विरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।