काठमाडौं, बैशाख २१ । व्यवस्थापिका संसद्को बैठक आज बस्दै छ । नयाँ बानेश्वर स्थित संसद् भवनमा अपराह्न ३ बजे बस्ने बैठकमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव पेश गर्ने जनाइएकाे छ ।
बैठकले प्रधानन्यायाधीश कार्कीविरुद्धको महाभियोगको प्रस्तावमा छलफलका लागि समय र मिति तोक्ने संभावना रहेको संसद सचिवालयले जनाएकाे छ ।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले आइतबार प्रधानन्यायाधीश कार्की विरुद्ध महाअभियोग दर्ता गरेका थिए । तर प्रतिपक्षाी दल एमालेले प्रस्ताव फिर्ता नभए संसद नै चल्न नदिने बताएकाे छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline