काठमाडौं, बैशाख २१ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दिएको राजीनामा अस्वीकृत भएकाे छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री निधिले दिएको राजीनामा अस्वीकृत गर्रेनुभएकाे हाे । प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री निधिबीच आज भएको छलफलपछि प्रधानमन्त्री दाहालले राजीनामा अस्वीकृत गर्नुभएकाे जनाइएकाे छ ।
निधि आजै गृहमन्त्रालयमा पुगेर पूर्ववत् काममा फर्कने बताइएको छ । एकाएक पदबाट राजीनामा दिएका निधि र काँग्रेस सभापति देउवाबीच बुधबार लामो समय संवाद भएपछि निधि पुनः सोही पदमा फर्किन तयार भएको स्राेतले बताएकाे छ ।
बुधबारको छलफलमा देउवा र निधिबीच मुलुक जोगाउन र काँग्रेसलाई बलियो बनाउन पछाडि हट्न नहुनेबारे गहन छलफल भएको थियो ।गृहमन्त्रीका प्रेस संयोजक रामजी दाहालले भन्नुभयो “प्रधानमन्त्री र काँग्रेस सभापतिबीच आज बिहान भएको छलफलमा राजीनामा फिर्ता लिन आग्रह गरेपछि निधिले त्यसलाई स्वीकार गर्दै मन्त्रालयमा फर्किन तयार हुनुुभएको हो” देशको परिस्थिति र निर्वाचनलाई मध्यनजर गर्दै निधिले राजीनामा फिर्ता लिनुभएको प्रेस संयोजक दाहालले बताउनुभयो ।
गृहमन्त्री निधिले प्रधानमन्त्रीसमक्ष यही वैशाख १७ गते राजीनामा दिनुभएको थियो ।
निधिले राजीनामा दिएपछि गोपालमान श्रेष्ठ ,ज्ञानेन्द्रबहादुर कार्की , रमेश लेखक र अर्जुननरसिं केसीलाई गृहमन्त्रालयको जिम्मेवारी दिन सकिने बताइँदै आइएको थियो ।