उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगको तयारी,नाम फिर्ता लिन समय पनि आजै

उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगको तयारी,नाम फिर्ता लिन समय पनि आजै

  • बिहिबार, बैशाख २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, बैशाख २१ । निर्वाचन आयोगले आज ११ देखि १ बजेसम्म पहिलो चरणको स्थानीय तह निर्वाचनका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने भएको छ ।

आयोगले उम्मेदवारहरुका लागि नाम फिर्ता लिन समय पनि आजैका लागि तोकेको छ । आयोगले उम्मेदवार बनेकाहरुले आफ्नो नाम फिर्ता लिन चाहे दिउँसो १ बजेदेखि ५ बजेसम्मको समय छुट्याइएको जनाएको छ ।

उम्मेदवारी फिर्ता लिन चाहनेले सम्बन्धित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्वारी फिर्ता लिनसक्ने छन् ।आयोगले भोलि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न प्रदान गर्ने जनाएको छ ।

पहिलो चरणमा हुने २ सय ८३ स्थानीय तहको निर्वाचनमा करिब ४४ हजार ५१ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । आयोगको तथ्यांकअनुसार महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाका प्रमुखमा १ हजार ८ सय ५६ जनाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै उपप्रमुखमा करिब १ हजार ३ सय ७३ जनाले उम्मेदवारी दिएका छन् । नगरपालिका र गाउँपालिका वडाध्यक्षमा भने १० हजार ९८ ले उम्मेदवारी दिएको आयोगको प्रारम्भिक तथ्यांकले देखाएको छ ।

त्यसैगरी दुई खुला सदस्यका लागि १६ हजार ८३ जनाले उम्मेदवारी दिएका छन् भने महिला सदस्यका लागि ७ हजार ९ सय ९४ र दलित महिला कोटामा ६ हजार ६ सय ४५ जनाले उम्मेदवारी दिएका छन् ।

२ सय ८३ स्थानीय तहमा प्रमुख, उपप्रमुख र सदस्यसहित गरी १३ हजार ५ सय ५६ जना निर्वाचित हुने छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ