उम्मेदवारको अन्तिम नामावली भोली सार्वजनिक हुने

उम्मेदवारको अन्तिम नामावली भोली सार्वजनिक हुने

  • बुधबार, बैशाख २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाण्डौ, बैशाख २० ।

निर्वाचन आयोगले बैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएको सबै ३४ जिल्लाका उम्मेदवारहरूको सूची भोली प्रकाशित गर्ने भएको छ ।

विभिन्न राजनीतिक दल तथा स्वतन्त्रले दिएका उम्मेदवारीको सूची आज नै प्रकाशित गरिने भनिए दाबी बिरो कहाँ कति पर्यो भन्ने रिपोट साझ सम्म पनि नआएपछि भोली मात्रै सूची प्रकाशित गर्ने तयारी गरिएको अयोगले जनाएकोछ ।

पहिलो चरणमा वैशाख ३१ गते २ सय ८३ स्थानीय तहमा निर्वाचन हुँदैछ । चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका र १८६ गाउँपालिकामा चुनाव हुनेछ ।

पहिलो चरणको चुनावबाट ९७ प्रमुख र उपप्रमुख, १ सय ८६ अध्यक्ष र उपाध्यक्ष चयन हुने छन् । त्यस्तै, २ हजार ५ सय ९८ वडाध्यक्ष तथा यति नै संख्यामा महिला र दलित सदस्य निर्वा्चित हुने छन् ।

चुनावमा ४९ लाख ५६ हजार ९ सय २५ मतदाताहरूको सहभागी रहने छ । मतदानका लागि निर्वाचन आयोगले ६ हजार ६ सय ४२ मतदान केन्द्र तोकेको छ । उम्मेदवारी दर्ता गरेलगत्तै प्रचारप्रसारको काम सुरु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ