परराष्ट्रमन्त्री डा महत सिङ्गापुर प्रस्थान

परराष्ट्रमन्त्री डा महत सिङ्गापुर प्रस्थान

  • बुधबार, बैशाख २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौँ, २० वैशाख ।

परराष्ट्रमन्त्री डा प्रकाशशरण महत सिङ्गापुरमा हुने नेपाली पर्यटन, व्यापार तथा लगानी सम्बन्धी सम्मेलनमा सहभागिता जनाउन थाइल्यान्ड प्रस्थान गर्नुभएको छ ।

थाईल्याण्डस्थित नेपाली राजदूतावास र सिङ्गापुरस्थित नेपाली अवैतनिक महावाणिज्यदूतावासले भोली आयोजना गर्ने सम्मेलनमा मन्त्री महतले बिशेष संबोधन गर्नुहुनेछ ।

सिङ्गापुरमा रहँदा उहाँले त्यहाँका विदेश मामिला एवम् मानवसंशाधन सम्बन्धी उपमन्त्री जोसेफिन तेओसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।

परराष्ट्र मन्त्री डा महत शुक्रबार सिङ्गापुरबाटै भारतका लागि प्रस्थान गर्नुहुने छ । भारतीय राजधानी नयाँ दिल्लीस्थित नेपालका लागि विभिन्न मुलुकका गैरआवासीय राजदूतहरुको यही मे ५ देखि आयोजना गरिने दुई दिने सम्मेलनको परराष्ट्रमन्त्री डा महत र भारतीय विदेशमन्त्री सुस्मा स्वराजले संयुक्त रुपमा उद्घाटन गर्नुहुने कार्यक्रम छ ।

सो सम्मेलनमा नेपालको आर्थिक कुटनीतिअन्तर्गत आर्थिक विकास, व्यापार तथा लगानी प्रवद्र्धन, पर्यटनलगायतका विषयमा परराष्ट्र सचिव शङ्करदास वैरागीसहित नेपाल र भारतका विज्ञको प्रस्तुति रहने छ । मन्त्री डा महत आगामी शनिबार स्वदेश फर्किनु हुने कार्यक्रम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ