भक्तपुर विकासका लागि कांग्रेस उम्मेदवारहरूको प्रतिबद्धता

भक्तपुर विकासका लागि कांग्रेस उम्मेदवारहरूको प्रतिबद्धता

  • बुधबार, बैशाख २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

भक्तपुर, बैशाख २० ।
आगामी स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट भक्तपुरका विभिन्न नगरको नगर प्रमुख पदमा उम्मेदवार बनेका नेताहरूले आफ्नो विजयसँगै नगरमा बिकासको पाटोलाई पहिलो सूचिमा राखेका बताएका छन् ।

भक्तपुरमा आयोजित साक्षत्कार कार्यक्रममा बोल्दै उनीहरूले यस्तो बताएका हुन् । कार्यक्रममा सूर्यविनायक नगरपालिकामा कांग्रेसको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार बिष्णुराज कार्कीले आफ्नो जितसँगै सूर्यविनायक नगरको शिक्षा, स्वास्थ्य र सडक विकासलाई प्राथमिकतामा राखेको बताएका छन् ।

उनले सूर्यबिनायक नगरपालिकामा रहेका धार्मिक क्षेत्रको बिकास गर्दै उक्त क्षेत्रलाई धार्मिक पर्यटनको रूपमा अगाडि बढाउने र सफल पार्ने बताएका छन् । उनले भक्तपुर नेपालकै सफल कृर्षि उत्पादनको जिल्लाको रूपमा रहेकाले कृर्षिलाई आधुनिकरण गर्दै स्वरोजगारीको अवसर श्रृजना गर्दै लाने र भक्तपुरको सूर्यबिनायक नगरपालिकामा बन्न लागेको राष्ट्रिय प्राणी उद्यानको पूर्णता तर्फ अग्रसर बन्दै यस नगरमा भएका जैबिक विविधताको संरक्षण प्रर्वद्धनमा आफ्नो भूमिका अहंम रहने बताएका छन् ।

यसैगरी, चाँगुनारायण नगरपालिकामा कांग्रेसका उम्मेदवार राजाराम खड्काले आफ्नो जितसँगै चाँगुनारायण क्षेत्रको समग्र समृद्धिका साथै पर्यटन विकास र खानेपानी तथा सडक विस्तारका लागि प्रतिबद्धता जनाएका छन् ।

नेपाल मजदुर किसान पार्टीको गढका रूपमा रहेको भक्तपुर नगरपालिकामा कांग्रेसको तर्फबाट मेयरको उम्मेदवार भएका राम प्रसाद कासुलाले भक्तपुरको समग्र विकासका साथै यहाँको शिक्षा, खानेपानी सडक र ढल निकासको समस्यालाई समाधान गर्ने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ