भक्तपुर काँग्रेस उम्मेदवारहरु विकासमा प्रतिबद्ध

भक्तपुर काँग्रेस उम्मेदवारहरु विकासमा प्रतिबद्ध

  • बुधबार, बैशाख २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

भक्तपुर, २० बैशाख ।

आगामी स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसको तर्फबाट भक्तपुरका विभिन्न नगरको नगर प्रमुख पदमा उम्मेदवार बनेका नेताहरुले आफ्नो विजयसँगै नगरमा बिकासको पाटोलाई पहिलो सूचिमा राखेका बताएका छन् ।

रफत सञ्चार क्लबमा आयोजित साक्षत्कार कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा सूर्यविनायक नगरपालिकामा काँग्रेसको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार बिष्णुराज कार्कीले आफनो जितसँगै सूर्यविनायक नगरको शिक्षा, स्वास्थ्य र सडक विकासलाई प्राथमिकतामा राखेका बताउनु भयो ।

उहाँले सूर्यबिनायक नगरपालिकामा रहेका धार्मिक क्षेत्रको बिकास गर्दै यस क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा अगाडि बढाउने र यो सफल हुने बताउनु भयो । उहाँले भक्तपुर नेपालकै सफल कृर्षि उत्पादनको जिल्लाको रुपमा रहेको र कृर्षिलाई आधुनिकरण गर्दै स्वरोजगारीको अवसर श्रृजना गर्ने बताउनु भयो ।

भक्तपुरको सूर्यबिनायक नगरपालिकामा बन्न लागेको राष्ट्रिय प्राणी उद्यानको पूर्णता तर्फ अग्रसर बन्दै यस नगरमा भएका जैबिक विविधताको संरक्षण प्रर्वद्धनमा आफ्नो भूमिका अहंम रहने बताउनु भयो ।

यसैगरी, चाँगुनारायण नगरपालिकामा काँग्रेसका उम्मेदवार राजाराम खड्काले आफ्नो जितसँगै चाँगुनारायण क्षेत्रको समग्र समृद्धिका साथै यहाँको पर्यटन विकास र खानेपानी तथा सडक विस्तारमा लागि पर्ने प्रतिबद्धता जनाउनु भयो ।

नेपाल मजदुर किसान पार्टीको गढका रुपमा रहेको भक्तपुर नगरपालिकामा काँग्रेसको तर्फबाट मेयरको उम्मेदवार भएका राम प्रसाद कासुलाले भक्तपुरको समग्र विकासका साथै यहाँको शिक्षा, खानेपानी सडक र ढल निकासको समस्यालाई समाधान गर्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ