काठमाण्डौ ,२० बैशाख ।
पूर्व न्यायधिस फोरमले प्रधानन्यायधिस सुशीला कार्कीबिरुद्ध ल्याईएको महाअभियोग प्रस्ताव फिर्ता लिन माग गरेको छ ।
प्रधानन्यायधिसबिरुद्ध प्रतिशोधको रुपमा महाअभियोग ल्याईएकोले भन्दै फोरमले बिरोध जनाएको छ ।
फोरमको आकस्मीक बैठकले अदालतको निश्पक्षता ,स्वतन्त्रता र गरिमालाई आघात पुग्ने गरी बिधिको शासन प्रतिकुल हुने कुनै पनि कार्यलाई स्वीकार्न नसकिने पनि निश्कर्ष निकालेको छ ।
बैठक पछि जारी विज्ञप्तीमा शक्ति सन्तुलन र नियन्त्रणको सिद्धान्त बिपरित राजनितिक इोत्रबाट हुने हस्तक्षेपकारी क्रियाकलाप बिधिको शासन प्रतिकुल हुने जनाइएको छ ।
न्याय सम्पादनका क्रममा अदालतबाट भएका फैसलाले प्रतिकुल असर पार्ये भन्ने आधारमा प्रतिशोधको रुपमा दलहरुले महाअभियोग प्रस्ताव ल्याएको बैठकको निश्कर्ष छ ।
पूर्व प्रधानन्यायधिस केदार प्रसाद उपाद्यय , केदारप्रसाद गिरी तथा रामकुमार प्रसाद शाह लगायत २४ न्यायधिसले हस्ताक्षर गरी जारी गरीको विज्ञप्तीमा महाअभियोगको प्रस्ताव शक्ति सन्तुलनको सिद्धान्त विपरीत भएको उल्लेख छ ।
चार पूर्व प्रधानन्यायधिसले भने यसअघि नै प्रस्ताव स्वतन्त्र न्यायपालिकाको आक्रमण भन्दै फिर्ता गर्न आग्रह् गरिसकेका छन् ।