काँग्रेसबाट सबै स्थानीय तहमा उम्मेदवारी

काँग्रेसबाट सबै स्थानीय तहमा उम्मेदवारी

  • बुधबार, बैशाख २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौँ, २० वैशाख । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले सबै स्थानीय तहमा उम्मेदवारी दर्ता गरेको छ ।

नेपाली काँग्रेस केन्द्रीय कार्यालयद्वारा मङ्गलबार राति एक विज्ञप्ति जारी गरी सबै स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘नेपाली काँग्रेसले ३४ जिल्लाका सबै स्थानीय तहमा आफ्नो उम्मेदवारी दर्ता गरेको छ ।”

पहिलो चरणअन्तर्गत हुन लागेको तीन प्रदेश (नं ३, ४ र ६) का ३४ जिल्लाका चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका र एकसय ८६ गाउँपालिकामा निर्वाचनमा भाग लिएको तथा केही गाउँपालिकाको प्रमुख र वडाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको समेत जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ