रियल मड्रिडद्वारा एथ्लेटिको ३ विरुद्ध शून्य गोलले पराजित, कीर्तिमानको ओइरो

रियल मड्रिडद्वारा एथ्लेटिको ३ विरुद्ध शून्य गोलले पराजित, कीर्तिमानको ओइरो

  • बुधबार, बैशाख २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, बैशाख २० ।
जारी रहेको च्याम्पियन्स लिगको सेमिफाइनलको खेलअन्तर्गत रोनाल्डो प्रेरित खेलमा रियल म्याड्रिडले एथ्लेटिको म्याड्रिडलाई ३ विरुद्ध शून्य गोलले पराजित गरेको छ ।

स्टार खेलाडी क्रिश्टियानो रोनाल्डोको ह्याट्रिक भएको खेलमा रियलले फाइनलको सम्भावनालाई अझ माथी पुर्‍याएको छ । अब एथ्लेटिकोले आफ्नै मैदानमा कम्तीमा ३ विरुद्ध शून्य वा ४ विरुद्ध शून्य गोलले जित हात पार्न सकेको खण्डमा मात्र रियललाई रोक्न सक्नेछ । रोनाल्डोको रात रहेको खेलमा उनले १०, ७३ औँ र ८६ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । रोनाल्डोले क्वाटर फाइनलमा बार्यन म्युनिखविरुद्ध पनि ह्याट्रिक गोल गरेका थिए ।

यसैबीच, स्टार खेलाडी रोनाल्डोले तीन गोल गरेको रात उनले च्याम्पियन्स लिगमा कीर्तिमानको ओइरो नै लगाएका छन् । यो लिगमा सर्वाधिक ७ ह्याट्रिक गर्ने क्रममा रोनाल्डोले मेसीसँग बराबरी गरेका छन् । ह्याट्रिकसँगै रोनाल्डो च्याम्पियन्स लिगमा एक सय तीन गोल गर्ने पहिलो खेलाडी हुन् ।

युरोपेली प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा सर्वाधिक १३ गोल गरेको कीर्तिमान पनि रोनाल्डोकै नाममा रहेको छ । यसका लागि उनले १८ खेल खेल्न पुगे । रोनाल्डोले च्याम्पियन्स लिगमा आफ्नै मैदानमा ५२ गोल गरेको लियोनेल मेसीका कीर्तिमानलाई पनि पछाडि छाडेका छन् ।

तीन गोलसँगै रोनाल्डोले च्याम्पियन्स लिगको नकआउट चरणमा ५० गोलको कोसेढुङ्गा कायम गरेका छन् । मेसीले ३७ खेलमा ३७ नै गोल गरेका छन् । तर, रोनाल्डोले ६६ खेल खेल्दै ५० गोल पूरा गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी