ग्रामीण तहदेखि नै खेलाडी उत्पादन गर्ने नीति ल्याउन लागिएको छ : श्रीपाइली

ग्रामीण तहदेखि नै खेलाडी उत्पादन गर्ने नीति ल्याउन लागिएको छ : श्रीपाइली

  • मङ्लबार, बैशाख १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ, १९ वैशाख । युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले मुलुकमा क्रिकेट क्षेत्रको विकासका लागि ग्रामीण तहदेखि नै खेलाडी उत्पादन गर्ने नीति ल्याउन लागिएको बताउनुभएको छ ।

क्रिकेट खेलाडी सङ्घले आज आयोजना गरेको ‘नेपाली क्रिकेटको विकास सबैको साँझा प्रयास’ विषयक अन्तक्र्रियामा उहाँले मुलुकको नयाँ संरचनाअनुसार प्रत्येक प्रदेशमा खेलकुदको विकासका लागि ठूला रङ्गशाला स्थापना गरिने बताउनुभयो ।

मन्त्री श्रीपाइलीले क्रिकेट क्षेत्रमा देखिएको विवादलाई अन्त्य गर्ने गरी विधानमा व्यवस्था गर्न लागिएको सो विधान यही महिनाभित्र पूरा हुने जानकारी गराउनुभयो ।

उद्यमी वसन्त चौधरीले देशमा क्रिकेट क्षेत्रको लोकप्रियता बढ्दै गएकाले यसको दायरा फराकिलो बनाउनपर्ने बताउँदै त्यसका लागि सो क्षेत्र राजनीतिबाट मुक्त गर्नुपर्नेमा जोड दिनुभयो ।

सङ्घका अध्यक्ष पवन अग्रवालले सरोकार पक्षको विश्वासमा नीति निर्माण गर्न सुझाउँदै यसको विकासमा सरकारले लगानी गर्नुपर्ने बताउनुभयो ।

विगत केही महिनादेखि क्रिकेट सङ्घमा भएको विवादका कारण सो क्षेत्रमा विवाद देखिँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी