काठमाडौँ महानगरपालिकाको प्रमुख २४ र उपप्रमुखमा १२ जनाको उम्मेदवारी

काठमाडौँ महानगरपालिकाको प्रमुख २४ र उपप्रमुखमा १२ जनाको उम्मेदवारी

  • मङ्लबार, बैशाख १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौँ, १९ वैशाख । स्थानीय तह निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाको प्रमुखमा २४ तथा उपप्रमुखमा १२ जनाको उम्मेदवारी परेको छ ।

वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि आज भएको उम्मेदवारी मनोनयन दर्तामा उक्त उम्मेदवारी परेको हो ।

प्रमुख पदमा उम्मेदवारी दिइनेहरुमा नेपाली काँग्रेसबाट राजुराज जोशी, नेकपा (एमाले)बाट विद्यासुन्दर शाक्य, नेकपा (माओवादी केन्द्र)बाट सर्वोत्तमदास डङ्गोल, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)बाट शिवहरी रिजाल, सङ्घीय समाजवादी फोरम नेपालबाट पवित्र बज्राचार्य, राष्ट्रिय जनमोर्चा नेपालबाट डा निर्मलकुमार थापा, नेपाल मजदूर किसान पार्टीबाट कुलनारायण डङ्गोल र नेकपा संयुक्तबाट वचपनराज श्रेष्ठ हुनुहुन्छ ।

यस्तै स्वतन्त्र उम्मेदवारका रुपमा किशोर थापा, विनोदकुमार क्षेत्री, रञ्जु न्यौपाने, सुरेन्द्रप्रसाद ढकाल, अमोट महर्जन, लक्ष्मीप्रसाद भण्डारी, नेत्र बहादुर लिम्बु, पुरुषोत्तम दङ्गाल, भरतबहादुर विसुराल, गोर्कीप्रसाद श्रेष्ठ, ज्ञानुमाया तामाङ, नवराज कार्की, दिनेश शाही, डव बहादुर गर्वुजा पुनमगर र अनिलमान श्रेष्ठले उम्मेदवारी दिनुभएको छ ।

यस्तै उपप्रमुख पदमा काँग्रेसबाट हरीप्रभा खड्गी, माओवादी केन्द्रबाट सुशीलाकुमार पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजाराम श्रेष्ठ, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट लक्ष्मी राई, सङ्घीय समाजवादी फोरम नेपालबाट सविना अर्याल र राष्ट्रिय जनमोर्चाबाट क्रृतु सापकोटा केसीले उम्मेदवारी दिनुभएको छ ।

यस्तै स्वतन्त्रमा जनिसा भट्टराई, निरुपमा यादव, पुनम डङ्गोल, सावित्री खरेल र राधिका महर्जनले पनि उपप्रमुख पदमा उम्मेदवारी दिएका छन् ।

यस्तै वडा अध्यक्ष र सदस्य पदमा एक हजारभन्दा बढीले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ