काठमाण्डौ ,१९ बैशाख ।
स्थानिय तह निर्वाचनका लागी काठमाडौं महानगरपालिकाको प्रमुखमा १६ जनाको उम्मेदवारी परेको छ । उपप्रमुखमा ७ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
दलगत रुपमा महानगरको प्रमुखमा नेपाली काग्रेसले राजुराज जोशी , नेकपा एमालेले बिद्या सुन्दर शाक्य , नेकपा माओवादी केन्द्रले सर्वोत्तम डङ्गोल, राष्ट्रिय जनमोर्चाले निर्मल कुमार थापा, नेपाल मजदुर किसान पार्टीले कुल नारायण डंगोलको नाम दर्ता गरेका छन् ।
एमालेले स्थानिय निर्वाचनमा काठमाण्डौ र ललितपुरको प्रमुख र उपप्रमुखमा राप्रपासँग तालमेल गरेको हो ।
स्थानीय निर्वाचनका लागि सहकार्य गरेका नयाँ शक्ति र संघीय समाजवादी फोरमले काठमाडौंको प्रमुखमा फोरमका तर्फबाट पबित्र बज्राचार्यको उमेदवारी दर्ता गरेको हो ।
विवेकशील नेपाली दलका तर्फबाट रञ्जु न्यापाने र देशभक्त पर्यावरणीय दलबाट सुरेन्द्र प्रसाद ढकालको नाम दर्ता गर्नुभएको छ ।
यस्तै स्वतन्त्र रुपमा लक्ष्मी प्रसाद भण्डारी, नेत्र बहादुर लिम्बु, पुरुषोत्तम दङ्गाल, किशाोर थापा, अमोट महर्जन, विनोद कुमार क्षेत्रीले उम्मेदवारी दिएका छन् ।
उपप्रमुखमा राष्ट्रिय जनमोर्चाका तर्फबाट पुनम डंगोल, नेपाल मजदुर किसान पार्टीका मनदेवी श्रेष्ठ, नयाँ शक्तिका तर्फबाट सविना अर्यालले उम्मेदवारी दिएका हुन् ।
उपप्रमुखमा रितु सापकोटा केसी, जनिसा भट्टराई र निरुपमा यादवले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका छन् ।
काठमाडौंमा एमालेले राप्रपाका तर्फबाट उपप्रमुखमा राजाराम श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।